थप ३ सय ३५ जनामा कोरोना संक्रमण
काठमाडौं, ७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८८ पिसिआर परीक्षणमा २१६ तथा १ हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी कुल ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ९७१ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।