दीपक-दीपाको नयाँ चलचित्रमा मलिना र बेनिशा
काठमाडौं, ७ साउन । कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ चलचित्रका लागि प्रमुख महिला पात्रमा मलिना जोशी र बेनिशा हमाल अनुबन्धित भएका छन् ।
दीपकको जोडीको रुपमा बेनिशा र सहायक अभिनेत्रीको रुपमा पूर्वमिस नेपाल समेत रहेकी मलिनालाई चलचित्रमा अनुबन्ध गरिएको हो ।
चलचित्रमा केदार घिमिरे ‘माग्ने बुढा’, नीर शाह र निर्मल शर्माको पनि मुख्य भूमिका रहने छ । आगामी साता भक्तपुरको सूर्यविनायक मन्दिरमा शुभ मुहूर्तसँगै छायांकन प्रारम्भ हुने जनाइएको छ ।
चलचित्रको नाम ‘श्री माग्ने राजा’ राख्ने वा छक्का पञ्जा ४ राख्ने भन्नेबारे भने निर्णय भइसकेको छैन ।
चलचित्रलाई हेमराज बीसीले निर्देशन गर्ने छन् ।