कस्तो छ यस आर्थिक वर्षका लागि मौद्रिक नीति ? (पूर्णपाठ)

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

नीतिमा शेयर धितो कर्जासम्बन्धी सीमामा सामान्य हेरफेर गरिएको छ । यसअघि कायम गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको छ ।

सअघि शेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको छ ।

मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ । शेयर धितो कर्जामा एउटा बैंकबाट ४ करोडमात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ ।

मर्जर तथा एक्‍विजिसनमा जाँदा शेयर कारोबार रोक्का राखिने  व्यवस्था खारेज समेत गरिएको छ ।

हेर्नुहोस् मौद्रिक नीतिको पूर्णपाठः

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय