मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

पोखरा, ४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्‍टि भएको छ । मङ्गलबार गरिएको पिसिआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।

आइतबारदेखि सामान्य रुघा लागेको तथा साेमबार बिहानबाट हल्का ज्वरो आएपछि साेमबार नै उनले चिकित्सकसँग परामर्श लिएका थिए र मङ्गलबार विहान स्वाब संकल गरिएको थियो ।

चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । बुधबार बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ ।

हाल उनी पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय