बुधबार हल्कादेखि मध्यम वर्षा, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ४ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पश्चिमी भू-भागमा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

अहिले देशभर सामान्य बदली रहेको छ । देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

देशका धेरै स्थानहरुमा   मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै सुदूरपश्चिमलुम्बिनीगण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षयपहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय