करेन्ट लागेर वडा सदस्यको ज्यान गयो

रासस

पर्वत, १ साउन । पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दीपक गुरुङको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

गुरुङ गएको स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए । गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा ल्याइएको छ । कपडा सुकाउने तारमा विद्युत्को करेन्ट प्रवाह भएकाले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय