ट्रक र स्कार्पियो ठोक्किँदा सात घाइते

चितवन, १ साउन । नारायगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ट्रक र स्कार्पियो एकआपसमा ठक्कर खाँदा सातजना घाइते भएका छन् ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख २७७२ नम्बरको ट्रकले शनिबार साँझ विपरीत दिशाबाट आउँदै गरेको ग २ च ३५१२ नम्बरको स्कारपियोलाई ठक्कर दिएको थियो ।

घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको जनाइएको छ । सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...