जीवनमा सफलता प्राप्त गर्नका लागि अपनाउनुहोस् यी सूत्र

जीवनमा सफलता प्राप्त गर्नका लागि चाणक्य नीतिलाई वैज्ञानिक मानिने गरिन्छ । सफलता प्राप्तिका लागि चाणक्यका सिंह सुत्रका मन्त्र यसप्रकार रहेका छन्:

यदि कुनै व्यक्तिलाई आफ्नो लक्ष्य प्राप्त गर्नु छ भने उसले पूरै शक्ति लगाएर काम गर्नुपर्छ । जसप्रकार जंगलका राजा मानिने सिंह आफ्नो शिकार गर्छन् ।

चाणक्यका अनुसार हामी जे पनि कार्य गर्छौ, उसलाई पूरै तागतका साथ गर्नुपर्छ । कार्य सानो होस् वा ठूलो जस्तोसुकै भएपनि पूरै शक्ति लगाएर काम गर्दा मात्र सफलता सम्भव हुन्छ ।

सिंह आफ्नो शिकारमाथि पूरै शक्ति लगाएर झम्टिन्छ र भाग्‍ने कुनै मौका दिँदैंन । यही गुणका कारण ऊ कहिल्यै पनि असफल हुँदैन । यसकारण हामी पनि एक सिंहको जस्तै आफ्नो लक्ष्यमाथि झम्टनुपर्छ, अगाडि बढ्नुपर्छ ।

कार्यमा कुनै पनि प्रकारको ढिलासुस्ती वा लापरवाही भएमा सफलता हामीबाट निकै टाढा भइसकेको हुनेछ । त्यसकारण बिना कुनै लापरवाही कामहरु समयमै सम्पन्‍न गर्न सक्नुपर्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय