नेपाललाई २०० रनको विजयी लक्ष्य
काठमाडौं, ३२ असार । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग २ अन्तर्गत यस श्रृंखलाको तेस्रो खेलमा नामिबियासँग खेलिरहेको छ ।
खेल जित्नका लागि नेपालले २०० रनको विजयी लक्ष्य पाएको छ । नामिबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९९ रन बनायो । उसका लागि कप्तान जेरार्ड इरास्मसले सर्वाधिक ५३ रन बनाए भने डेविड विजाले ३४ तथा डिभान लाकक र जेजे स्मिटले समान २७ रन बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २-२ तथा आदिल आलमले १ विकेट लिए ।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ ।