देश निर्माणमा समुदायको भुमिका मुख्य हुन्छ: राई
काठमाडौं, ३२ असार । नेकपा एमाले नेता तथा काठमाडौ क्षेत्र नम्बर ३ का संघीय सांसद कृष्ण राइले देश बिकासमा राजनीतिक पार्टीसङ्गै समुदायको भुमिका पनि मुख्य हुने बताएका छन् ।
छहारी युवा क्लब काठमाडौको सामुदायिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद राईले सामाजिक संस्थामा रहेका समुदायका सदस्यहरुले राजनीतिक प्रतिशोध भन्दा पनि मिलेर अगाडि बढ्न सके आफ्नो टोल,क्षेत्र र समाजको बिकास गर्न सकिने धारणा राखे । उनले ठूला-ठुला विकासका आयोजनाहरु मिलेरै सम्पन्न हुने गरेको बताए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगरप्रमुख एवम् नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सन्तोष चालिसेले टोल-टोलमा सामुदायिक भवन निर्माण हुनु पनि विकास निर्माणको राम्रो पक्ष भएको भन्दै महिला, युवा र सामाजिक अभियन्ताले आफ्नो ठाउँमा धेरै उल्लेखनीय कार्य गरेको सुनाए ।
उनले आफू नगरप्रमुख हुँदा नै क्लबलाई सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै कुनै राम्रो काम सम्पन्न हुनको लागि पैसा भन्दा पनि जोश र जाँगर भएका युवाको सहकार्य आवश्यक भएको बताए ।