काठमाडौंमा चितुवाको आक्रमणबाट पाँच घाइते
काठमाडौं, ३० असार । काठमाडौंमा मध्यरातमा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् ।
नागार्जुन नगरपालिका-८ भीमढुंगास्थित स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो ।
घरभित्र पसेको चितुवाले आक्रमण गर्दा भट्टराईका घरमा रहेका पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
आक्रमणबाट शरीरका विभिन्न अंगमा चोट पुगेका घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।