नेपाललाई १४५ रनको विजयी लक्ष्य

फाइल तस्वीर

काठमाडौं, २९ असार । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्‍वकप लिग २ अन्तर्गत यस श्रृंखलाको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै छ ।

खेल जित्‍नका लागि नेपालले १४५ रनको विजयी लक्ष्य पाएको छ । स्कटल्यान्ड ४२.५ ओभरमा अलआउट हुँदै १४४ रन बनायो । उसका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । नवौं नम्बरमा ब्याटिङ गर्न आएका मेनको यो करियरकै उच्च स्कोर पनि हो ।

९५ रनमा ९ विकेट गुमाइसकेको स्कटल्यान्डले अन्तिम विकेटमा ४९ रन बनाएको हो । सुरुवातदेखि नै निरन्तर विकेट गुमाइरहेको स्कटल्यान्डले मेनको ब्याटिङबाट सम्मानजनक स्कोर खडा गर्न सफल रह्‍यो ।

नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले ३-३ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय