श्रीलंकाका राष्ट्रपति देश छाडेर भागे
एजेन्सी, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छाडेर भागेका छन् । रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले राजपाक्षेले देश छाडेको खबर लेखेको छ ।
प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत थिए । देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए ।
राष्ट्रपति राजापाक्षेलाई पदच्यूत गर्न प्रदर्शनकारीले महिनौंदेखि प्रदर्शन जारी राखेपछि बुधबार उनले आधिकारिक रूपमा राजीनामा दिएका थिए ।
यसअघि सोमबार राति उनले दुबई भाग्ने असफल प्रयास गरेका थिए ।