छुरी प्रहार गरी घाइते बनाएको आरोपमा एक पक्राउ
काठमाडौं, २९ असार । काठमाडौंमा छुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका-५ थली पिपलबोटमा गत शनिबार राति पौने ११ बजे एक पुरूषमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१४ घर भई थली बस्ने २५ वर्षीय राजन श्रेष्ठमाथि छुरा प्रहार भएको थियो । त्यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी गाउँपालिका-४ घर भई थली बस्ने दिपेश शाक्य छन् । प्रहारबाट घाइते रहेका श्रेष्ठलाई उपचारको लागि अस्पताल पठाइएको थियो ।
घटनामा प्रयोग भएको छुरी पनि उनको कोठाबाट बरामद भएको छ ।