भारतको राष्ट्रपतिय निर्वाचनमा शिव सेनाले मुर्मूलाई सघाउने

एजेन्सी, २८ असार । भारतमा हुन लागेको राष्ट्रपतिय निर्वाचनमा शिव सेनाले राष्ट्रपतिकी उम्मेदवार द्रौपदी मुर्मूलाई सघाउने भएको छ ।

प्रभावशाली राजनीतिज्ञ उद्धव ठाकरेले नेतृत्व गरेको पार्टीले भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।

भारतमा आगामी जुलाई १८ मा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने तय भइसकेको छ ।

विद्रोही र सङ्घर्षपूर्ण जीवन बिताउनु भएको र महिलालाई राष्ट्रपति बनाउने अवसर भएकाले द्रौपदीलाई समर्थन गर्ने निर्णय भएको नेताहरूले जानकारी दिएका छन् । यसअघिको निर्वाचनमा पनि आफूहरूले महिला उम्मेदवारलाई नै समर्थन गरेको उनीहरूको भनाई छ ।

राष्ट्रपतिका उम्मेदवारहरू मध्ये मुर्मूलाई समर्थन गर्ने विषयमा पार्टीमा कुनै मतान्तर नरहेको र सर्वसम्मत निर्णय भएको नेताहरूले जानकारी दिएका छन् ।

मुम्बईमा मङ्गलबार भएको बैठकमा शिव सेनाका सबै सांसदहरुले समेत मुर्मूलाई नै समर्थन गर्नुपर्नेमा जोड दिएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...