‘पोइ पर्‍यो काले’को सिक्‍वेल ‘पोइ पर्‍यो बूढो’ !

काठमाडौं, २८ असार । २०१९ मा प्रदर्शनमा आएको सौगात मल्ल अभिनित चलचित्र ‘पोइ पर्यो काले’को सिक्‍वेल बन्‍ने भएको छ । सिक्‍वेल चलचित्रको नाम ‘पोइ पर्‍यो बूढो’ राखिएको छ ।

निर्माता किरण नेपालीले सामाजिक सञ्‍जाल फेसबुकमार्फत चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरिएको जनाएका छन् ।

तर फिल्ममा कसको भूमिका के रहन्छ अथवा अहिले कलाकार को-को रहने भन्‍ने विषयमा भने निर्णय भइनसकेको नेपालीले जनाएका छन् ।

२०१९ मा प्रदर्शनमा आएको फिल्म ‘पोइ पर्यो काले’ले मा सौगातसहित पूजा शर्मा, सृष्‍टि श्रेष्ठ, आकाश श्रेष्ठ, राजाराम पौडेललगायतको अभिनय रहेको थियो ।

बक्स अफिसमा राम्रो व्यापार गर्न नसकेपनि युट्युबमा भने त्यस चलचित्रलाई दर्शकले निकै रूचाएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय