मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

 

काठमाडौं, २८ असार । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

अहिले देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  साथै प्रदेश १, गण्डकी सुदूरपश्चिम तथा लुम्बिनी  प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षयपहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय