जब श्रीलंकाली नागरिकले राष्ट्रपति भवनमा लाखौं रुपैयाँ भेटे…

एजेन्सी, २७ असार । श्रीलंकामा चरम आर्थिक संकट चुलिइसकेको छ । देश टाट पल्टिएको समेत घोषणा भइसकेको छ । यसै आर्थिक संकटको विषयलाई लिएर नागरिकहरुले प्रदर्शन चर्काइरहेका छन् ।

सोही क्रममा राष्ट्रपति भवन समेत कब्जा गरेका प्रदर्शनकारीले भवनभित्र लाखौं रुपैयाँ फेला पारेका छन् । सामाजिक सञ्जालमा पैसा गनिरहेको एउटा भिडियो भाइरल भएको छ ।

उक्त भिडियो श्रीलंकाको राष्ट्रपति भवन भित्रको रहेको र पैसा गन्‍नेहरु प्रदर्शनकारी रहेको दाबी श्रीलंकाली सञ्चार माध्यमले गरेका छन् ।

श्रीलंकाली सञ्चार माध्यम डेली मिररले त्यो पैसा सुरक्षा निकायलाई हस्तान्तरण गरिएको जनाएको छ ।

आक्रोशित श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको निवासमा कब्जा जमाएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय