लापरवाही माथि लापरवाही गर्दै त्रिभुवन विश्वविद्यालय
प्रतिक भट्टकाठमाडौं, २५ असार । कुनैपनि व्यक्तिको भविष्य निर्माणका लागि शिक्षाले नै सर्वश्रेष्ठ भूमिका खेलेको हुन्छ । विद्यार्थीको भविष्य उज्ज्वल बनाउने काम विद्यालय, कलेज र विश्वविद्यालयले गर्छन् ।
तर यहाँ देशकै ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले बारम्बार लापरवाही गरिरहेको छ । व्यवस्थापना संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरको फाइनल परीक्षामा बारम्बार त्रुटि दोहोरिएको छ ।
शनिबार बिबिए छैठौंको ‘Nepalese Society & Politics’ विषयको परीक्षा थियो । परीक्षा पनि तोकिएको समयअनुसार देशभर १२ बजे नै सुरु भयो । तर प्रश्नपत्र भने अर्कै विषयको थियो । विषय शीर्षक उही भएपनि भित्र पाँचौं सेमस्टरको ‘Sociology’ विषयको प्रश्नपत्र छापिएर आएपछि विद्यार्थीहरुले होहल्ला गर्न थाले ।
केहीबेर परीक्षा रोकियो र अर्को प्रश्नपत्र आउने कुरा भयो । प्रश्नपत्र पनि आयो तर लापरवाही यतिमै रोकिएन । पछिल्लोपटक सच्चिएर आएको प्रश्नपत्र पनि दोहोरिएको प्रश्न थिए । काठमाडौंकै शंकरदेव कलेजले प्रिबोर्डमा लिएको प्रश्न नै फाइनल परीक्षामा हुबहु आएपछि विद्यार्थी पुनः आक्रोशित बने ।
विद्यार्थी आक्रोशित हुनुको कारण स्वभाविक थियो किनकि बुधबार मात्र उनीहरुले दिएको पहिलो परिक्षामा पनि प्रश्नपत्र दोहोरिएको भन्ने कुरा बाहिर आएपछि उक्त परीक्षा त्रिविले शुक्रबार सूचना निकालेर पछि हुनेगरी स्थगित गरेको थियो । पहिलो परीक्षामा मोर्डन नेपाल कलेजको प्रिबोर्डको हुबहु प्रश्नपत्र आएको थियो ।
त्रिविको यस्तो हर्कतले प्रश्नपत्र निकाल्न अल्छी गरेको हो वा पहिल्यै उपत्यकाभित्रको कलेजको प्रश्नपत्र ठीक्क पारेर राख्ने गरिएको हो भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।
यसरी बारम्बार त्रिविले गल्ती गरिरहँदा विद्यार्थीहरु भविष्यमाथि खेलवाड भएको भन्दै आजित एवम् आक्रोशित बनेका छन् ।
आज दोहोरिएको प्रश्नपत्र हेर्नुस्ः