त्रिविद्वारा गम्भीर त्रुटि, बिबिएको सकिएको परीक्षा रद्द गरियो
प्रतिक भट्टकाठमाडौं, २४ असार । त्रिभुवन विश्वविद्यालयले मानविकी संकायअन्तर्त बिबिए छैठौं सेमेस्टरको सकिइसकेको परीक्षा रद्द गरेको छ ।
गएको २२ गते भएको Organizational Behaviour विषयको परीक्षा पुनः सञ्चालन हुने गरी रद्द गरिएको हो ।
परीक्षाको प्रश्नपत्र निकाल्दा त्रिविले गम्भीर त्रुटि गरेको थियो । त्रिविकै अन्तर्गत रहेको काठमाडौंको मोर्डन नेपाल कलेजले प्रिबोर्डमा लिएको परीक्षाको हुबहु प्रश्नपत्र सेमेस्टर परीक्षामा दोहोरिएको थियो । त्यही कारणले त्रिविले यस्तो गरेको हो ।
विद्यार्थीहरुले त्रिविकै त्रुटि भएको भन्दै सम्बन्धित कलेजको मात्र पुनः परीक्षा हुनुपर्ने माग राखेका छन् ।
हेर्नुस् प्रश्नपत्रः