जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे रहेनन्

एजेन्सी, २४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।

शुक्रबार विहान नारा शहरस्थित सडकमा आयोजना गरिएको चुनाव लक्षित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै हेलिकप्टरमार्फत नारा विश्वविद्यालयको अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।

उनले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । उनी जापानका प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...