जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे रहेनन्
एजेन्सी, २४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।
शुक्रबार विहान नारा शहरस्थित सडकमा आयोजना गरिएको चुनाव लक्षित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।
गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै हेलिकप्टरमार्फत नारा विश्वविद्यालयको अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।
उनले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । उनी जापानका प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।