नायिका नीता र हरिहरले गरे बिहे
काठमाडौं, २४ असार । नायिका नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले बिहे गरेका छन् ।
४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले शुक्रबार बिहे गरेका हुन् । दरबारमार्गस्थित याक एण्ड यति होटलमा उनीहरुको विवाह सम्पन्न भएको हो ।
बिहेमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ । बिहेमा रेखा थापा, अनु शाह, सरोज खनाललगायतका कलाकारहरु सहभागी छन् ।
उनीहरूले आइतबार २६ गते सोही होटलमा पार्टी राखेका छन् । उक्त पार्टीमा लागि भारतीय चलचित्र ‘गजनी’का भिलेन प्रदीपसिंह रावत पनि आउने चर्चा छ