बाजुराको बुढीगंगामा मतगणना सुरु हुँदै

बाजुरा, २४ असार । बाजुराको बुढीगंगा नगरपालिकामा बिहिबार भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु गरिँदै छ ।

मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बस्‍ने तयारी भइरहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

गत वैशाख ३० गते देशभर भएको निर्वाचनका क्रममा बुढीगंगामा भने विवाद उत्पन्‍न भएपछि पुनः मतदान गर्ने निर्णय गरिएको थियो ।

नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँ प्रतिस्पर्धामा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...