नीताको मेहेन्दी कार्यक्रम सम्पन्‍न, शुक्रबार बिहे

काठमाडौं, २३ असार । नेपाली चलचित्रकी नायिका नीता ढुंगानाले आफ्नो प्रेमलाई सफल बनाउदै शुक्रबार विवाह गर्दैछिन् ।

नेपालकै चर्चित ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीसँग नायिका निताको बिहे हुन लागेको हो । उनीहरु लामो समयदेखी प्रेममा थिए ।

कलाकार तथा चलचित्र पत्रकार र इस्टमित्रको उपस्थितिमा नायीका निताको मेहेन्दी समारोह पनि सकिएको छ । निताले यसको पुष्टि गर्दै आफ्नो फेसबुकमार्फत मेहन्दी समारोहका केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘अन्ततः मेहेन्दी लगाइयो।’

भोलि शुक्रबार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने जनाइएको छ ।

नीता र हरिहरको प्रेम ४ वर्ष पुरानो हो । वीरगन्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै नाच्‍न पुगेका उनीहरु त्यही कार्यक्रमपश्चात् नजिक भएका थिए ।

एक बर्ष अघि नै बिहे गर्ने भनेपनि यो जोडीले हरिहरको बुबाको निधनका कारण एक वर्ष कुर्नुपरेको थियो ।

बुबाको वार्षिकी सकिए लगत्तै हरिहर आफैले विवाहको लगन जुराएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय