बूढीगंगामा निर्वाचनः विवाद सिर्जना भएपछि हवाइफायर

बाजुरा, २३ असार । बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

मतदान गर्न १०/१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको हो ।

विवाद भएपछि स्थितिलाई अप्रिय हुन नदिन प्रहरीले हवाइ फायर गरेको हो प्रशासन कार्यालयले जनाएको छ ।

घटनापछि केहीबेर रोकिएको मतदान १२:३५ देखि पुनः सुरु भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...