पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं, २० असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।
आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरिएको हो ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ ।
आन्तरिकतर्फ हवाइ इन्धनमा ५ रुपैयाँले वृद्धि गरिएको छ र अब प्रतिलिटर १९० रुपैयाँ पर्नेछ ।