खाल्डोभित्र युवतीको शव भेटियो

सांकेतिक तस्वीर

मोरङ, २० असार । मोरङमा एक युवतीको शव भेटिएको छ ।

रतुवामाई नगरपालिका-२ डोरियामा अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको हो ।

पानी जमेको खाल्डोभित्र भेटिएको उक्त शवको पहिचान हुन सकेको छैन ।

स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको छ र अनुसन्धान सुरु गरेको छ ।

युवतीको शव पोस्टमार्टमका लागि रङ्गेली अस्पताल लगिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय