गोहीसँग विवाह गर्ने मेयर !

बिहेका विषयमा आजकल रोचक र अनौठा खबर सुनिने गरेका छन् । अहिलेको समयमा कसैले आफैंसँग विवाह गर्ने भनेको सुनिन्छ भने कोहीले कुकुरसँगै विवाह गरिरहेका छन् ।

यस्तै किसिमको एउटा अचम्मको विवाह मेक्सिकोमा भएको छ । मेक्सिकोको ओक्साका शहरको एउटा सानो गाउँका मेयरले गोहीसँग विवाह गरेका छन् ।

विवाहपछि उनले उक्त गोहीलाई चुम्बन पनि गरे । यस कार्यको फोटो सामाजिक सञ्‍जालमा अहिले चर्चित छ । गोहीलाई सेतो कपडामा सिँगारिएको पनि देखिन्छ ।

मेयरको गोहीसँग विवाहलाई मानिसलाई ईश्वरसँग जोड्ने प्रतिकको रुपमा लिइएको छ । ओक्साका राज्यको चोन्तल र हुआवे समुदायको यो परम्परा सयौं वर्ष पुरानो हो ।

यसमा प्रकृतिलाई धन्यवाद दिइन्छ र भविष्यमा पनि उदार रहिरहन प्रार्थना गर्ने गरिन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...