फुटपाथमा मकै बेच्‍ने दम्पतीमाथि थप कारवाही गरिदैँ

काठमाडौं, १९ असार । काठमाडौंको बालुवाटार क्षेत्रमा फुटपाथमा मकै बेचिरहेका बेला नगर प्रहरीको लछारपछारमा परेका दम्पतीमाथि महानगर प्रहरीले थप कारवाही गर्ने भएको छ ।

नगर प्रहरीले कारवाही गरेका बेला प्रतिवाद गरेका चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीलाई थप कारवाही गर्न लागिएको महानगरपालिकाले जनाएको हो ।

ड्युटीमा रहेको नगर प्रहरीलाई अगुल्टोले हानेको र हातपात गरेकाले थप कारवाही गर्ने प्रक्रिया सुरु गरिएको बताइएको छ ।

नगर प्रहरीले घुस मागेको आरोप ती दम्पतीको छ भने यता महानगर प्रहरीले सीता आचार्यको व्यवहारलाई कारण देखाएर थप कारवाही गर्न लागेको हो ।

घुस माग्‍न गएका नगर प्रहरीलाई अगुल्टोले हानेको कुरा भने आचार्य दम्पतीले पनि स्वीकारेका  छन् । उनीहरुमाथि अभद्र व्यवहारको मुद्दा चलाउन लागिएको बुझिएको छ ।

मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय