विहानैदेखि घाम लागेपनि दिउँसोदेखि पानी पर्ने

काठमाडौं, १९ असार । देशका धेरैजसो ठाउँमा विहानैदेखि पारिलो घाम लागेको छ । यद्यपि दिउँसोदेखि पहाडी भूभागका धेरै स्थानमा वर्षा हुने मौसमविदले बताएका छन् ।

केही दिनअघि मनसुन सक्रिय भएर देशभर लगातारजसो झरी परेको थियो । अहिले मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थान भन्दा केही तल सरेकाले तत्कालका लागि लगातार झरी पर्ने सम्भावना भने छैन ।

दिउँसोदेखि पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा तथा राति बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

भिरालो जमिनमा बसोबास गर्नेलाई सावधानी अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय