पाँचथर पहिरो अपडेट: एकको शव फेला

फाइल तस्वीर

पाँचथर, १८ असार । पाँचथरमा शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका तीनजनामध्ये एकजनाको शव भेटिएको छ ।

सिदिन बजार नजिकै गएको पहिरोमा परेर ४२ वर्षीय रुपलाल मगर उनकी श्रीमति गोमा मगर र १९ वर्षीय भतिजी एलिसा मगर बेपत्ता भएका थिए ।

तीमध्ये रुपलालको शव आज विहान भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुईजना अझै बेपत्ता छन् ।

रुपलालका काका भने उछिट्टिएर बाँच्‍न सफल भएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय