पाँचथर: पहिरोले घर बगाउँदा तीन बेपत्ता
पाँचथर, १८ असार । अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा पाँचथरमा तीन जना बेपत्ता भएका छन् ।
फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा उनीसहित तीन जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा ३८ वर्षीया गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर रहेका छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगरको भने ज्यान जोगिएको छ ।
शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।