बाँध भत्काएर त्रियुगा नदीको बाढी खेतमा पस्यो
उदयपुर, १८ असार । उदयपुरको त्रियुगा नदीको बाढी नियन्त्रणका लागि बनाइएको बाँध भत्किएर बाढी खेतमा पसेको छ ।

चौदण्डीगढी नगरपालिका-५ मा त्रियुगा नदी नियन्त्रणका लागि बेल्हा गाउतर्फ लगाएकाे बाँध बाढीले भत्काएको हो । बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ ।

यस ठाउँमा उद्घाटन गर्नुभन्दा अगाडि नै पुल भाँचिएको थियो । त्यसकारण नदी वारपार गर्ने विकल्प नहुँदा गाउँलेहरु ज्यान जोखिममा राखेर नदी तर्न बाध्य छन् ।