भारी वर्षापछि मेलम्चीमा बाढीको चेतावनी

फाइल तस्वीर

सिन्धुपाल्चोक, १८ असार । सिन्धुपाल्चोकमा भारी वर्षा मापन भएको छ । जिल्लाको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको हो ।

मेलम्ची नदी नकोटेको बाढी मापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ ।

महाशाखाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने बताएको छ ।

विहान १० बजेसम्म ‍अति उच्च सतर्कता अपनाउन चेतावनी समेत दिइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...