पाकिस्तान फुटबलमाथिको प्रतिबन्ध फुकुवा
एजेन्सी, १७ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
फिफाले बिहिबार एक विज्ञप्ति जारी गर्दै फिफा काउन्सिल ब्यूरोले पाकिस्तान फुटबल फेडेरसन (पिएफएफ)माथिको प्रतिबन्ध हटाइएको जनाएको हो ।
फिफाले सन् २०२१ को अप्रिलमा पिएफएफमाथि तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।
पिएफएफको नर्मलाइजेसन कमिटीले कार्यालयको पूर्ण नियन्त्रण फिर्ता लिएको र यसको आर्थिक व्यवस्थापन गर्ने स्थितिमा रहेको पुष्टि गरेपछि यो निर्णय गरिएको फिफाले जनाएको छ ।
प्रतिबन्ध हटेपछि अब पाकिस्तानले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।