खोलाले बगाएका बालकको शव भेटियो

कैलाली, १७ असार । कैलालीको गौकन्द्री खोलामा एक बालकको शव भेटिएको छ ।

बिहिबारदेखि बेपत्ता धनगढी उप-महानगरपालिका -१९ मा बस्‍ने ११ वर्षीय निखिल विकको शव शुक्रबार बिहान खोलामा किनारमा भेटिएको हो ।

परिवारका अनुसार विक बुधबार दिउँसो साथीहरुसँग खोलामा नुहाउन गएका थिए । सोही क्रममा उनलाई खोलाले बगाएपछि बेपत्ता भएका थिए ।

बेपत्ता भएका बालकलाई आफन्त, प्रहरी, नेपाली सेनालगायतले रातभर नदीको विभिन्न भागमा खोजतलास गरे पनि फेला परेका थिएनन् ।

शुक्रबार बिहान उनी सोही स्थानमा खोला किनारमा भेटिएका हुन् । शवलाई मोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

घटनाबारे थप आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय