अदालतका कर्मचारी घुससहित रंगेहात पक्राउ

गोरखा, १७ असार । गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बिहीबार राति १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा गोरखा सदरमुकामको एक होटलबाट उनलाई पक्राउ गरिएको हो ।

घुससहित पक्राउ परेका केसीलाई शुक्रबार राति नै पोखरा लगिएको र आवश्यक छानविन भइरहेको बताइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय