महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले दिए राजीनामा
एजेन्सी, १६ असार । भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् ।
बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् ।
सामाजिक सन्जालमा लाइभ भिडियोमार्फत् उनले आफू शिवसैनिकहरुको रगत बगोस् भन्ने नचाहेकोले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै गरेको बताएका थिए ।
ठाकरे भारतको शिवसेना प्रमुखसमेत हुन् । त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए ।
ठाकरेले विधान परिषदको सदस्यबाट पनि राजीनामा दिने बताएका छन् ।