पर्खाल भत्किएर पुरिँदा एकको ज्यान गयो
काठमाडौं, १६ असार । भक्तपुरमा पर्खाल भत्किएर पुरिँदा एकजनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-१० स्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको हो ।
वर्षाका कारण पर्खाल भत्किएर पुरिँदा बुधबार साँझ बाटोमा हिँडिरहेकी सोही ठाउँकी ६६ वर्षीया नारायणदेवी थापाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घटनाका बारेमा थप आवश्यक अनुसन्धान सुरु गरिएको छ भने शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।