पर्खाल भत्किएर पुरिँदा एकको ज्यान गयो

काठमाडौं, १६ असार । भक्तपुरमा पर्खाल भत्किएर पुरिँदा एकजनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-१० स्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको हो ।

वर्षाका कारण पर्खाल भत्किएर पुरिँदा बुधबार साँझ बाटोमा हिँडिरहेकी सोही ठाउँकी ६६ वर्षीया नारायणदेवी थापाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनाका बारेमा थप आवश्यक अनुसन्धान सुरु गरिएको छ भने शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...