रिलायन्स जियोका निर्देशक मुकेश अम्बानीले दिए राजीनामा

एजेन्सी, १५ असार । भारतको चर्चित दूरसञ्चार कम्पनी रिलायन्स जियोका निर्देशक मुकेश अम्बानीले २७ जुनदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन् ।

अब उनका जेठा छोरा आकाश अम्बानीले रिलायन्स जियो इन्फोकमको बोर्डको अध्यक्षको रुपमा काम गर्ने छन् । उनले पदभार ग्रहण गरिसकेका छन् ।

पंकज मोहन पवारले प्रबन्ध निर्देशकको रूपमा आफ्नो पाँच वर्षको कार्यकाल जुन २७ बाट थालनी गरेका छन् भने केवी चौधरी र रामिन्दर सिंह गुजरालले स्वतन्त्र निर्देशकको रुपमा पदभार ग्रहण गरेका छन् ।

मुकेश अम्बानीले रिलायन्स इन्डस्ट्रिज लिमिटेडको अध्यक्ष र प्रबन्ध निर्देशकको रूपमा तथा जियो प्लाटफर्मको अध्यक्षको रूपमा कार्य जारी राख्नेछन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय