काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन अन्तरिम आदेश

काठमाडौं, १३ असार । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारलाई आदेश दिएको छ ।
आइतबार न्यायाधीशहरु सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले फागुन १९ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
उक्त आदेशमा अध्यक्ष बस्नेतलाई हटाउने उद्देश्यले सोधिएको स्पष्टीकरणको प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

