नेकपा एसका मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं, १२ असार । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

पुनर्गठनपछि सहरी विकास मन्त्रीमा मेटमणी चौधरी, पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरिएको छ ।

आइतबार मात्रै एकीकृत समाजवादीका चार मन्त्रीहरु रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ र विरोध खतिवडाले राजीनामा दिएका थिए।

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण सोमबार बिहान ११ बजे सपथ ग्रहण हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय