पोखरापछि फेरि गोरखामा गयो भूकम्प

गोरखा, ९ असार । गण्डकी प्रदेशमा विहानै दोस्रोपटक भूकम्प गएको छ । विहान ३ ५६ मा कास्की केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलको भुकम्प गएको थियो ।

त्यसको केही घण्टामै गोरखा केन्द्र बनाएर अर्को भूकम्प गएको हो । गोरखाको थुमी आसपास केन्द्रविन्दु रहेको भूकम्पको म्याग्‍निट्युड ४.१ रेक्टर स्केल रहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

पोखरामा विहानै ठुलो धक्का महसुस भएपछि मानिसहरु घरबाहिर निस्किएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय