पोखरामा एकाविहानै भुकम्पको ठुलो धक्का
पोखरा, ९ असार । पोखरामा एकाविहानै भूकम्पको धक्का महसुस गरिको छ । विहान करिब ३ बजेर ५६ मिनेट जाँदा भूकम्पको ठूलो धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको धम्पुस केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का पोखरासित कास्कीका अन्य स्थान तथा स्याङजा, तनहुँ, पर्वत र आसपासका अन्य जिल्लामा महसुस गरिएको स्थानीयले जनाएका छन् ।