नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्‍नीशोक

काठमाडौं, ८ असार । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्‍नीशोक परेको छ ।

बिजुक्छेकी पत्‍नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीमा उपचारका क्रममा क्रममा बुधबार निधन भएको हो ।

२० वर्षअघि क्यान्सर पुष्‍टि भएको प्रधानलाई उपचारपछि निको भएको भएपनि क्यान्सर फेरि देखिएको र उपचारका क्रममा निधन भएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय