भ्वाइस अफ नेपाल-४ का लागि उत्साहजनक आवेदन

काठमाडौं, ८ असार । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका लागि उत्साहजनक आवेदन देखिएको छ ।

शोका निर्माता एवम् निर्देशक लक्ष्मण पौड्यालका अनुसार हालसम्म करिब २० हजार आवेदन आएको र यो उत्साहजनक आवेदन हो ।

आवेदन दिएका मध्येबाट पहिले १५० र त्यसपछि ६४ जना छानिनेछन् । त्यसपछि ब्लाइन्ड अडिसन सुरु हुनेछ ।

केही कोच हेरफेर गर्ने पनि तयारी भएको पौड्यालले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...