भ्वाइस अफ नेपाल-४ का लागि उत्साहजनक आवेदन
काठमाडौं, ८ असार । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका लागि उत्साहजनक आवेदन देखिएको छ ।
शोका निर्माता एवम् निर्देशक लक्ष्मण पौड्यालका अनुसार हालसम्म करिब २० हजार आवेदन आएको र यो उत्साहजनक आवेदन हो ।
आवेदन दिएका मध्येबाट पहिले १५० र त्यसपछि ६४ जना छानिनेछन् । त्यसपछि ब्लाइन्ड अडिसन सुरु हुनेछ ।
केही कोच हेरफेर गर्ने पनि तयारी भएको पौड्यालले बताए ।