रविको पार्टीको नामविरुद्ध आयोगमा उजुरी
काठमाडौं, ८ असार । पार्टी घोषणा गरेको भोलिपल्टै पुर्वसञ्चारकर्मी रवि लामिछानेको पार्टीविरुद्ध उजुरी परेको छ ।
मङ्गलबार घोषित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी को नामबाट स्वतन्त्र शब्द हटाइनुपर्ने मागसहित ६-७ जनाको टोली निर्वाचन आयोग पुगेको हो ।
उक्त टोलीले दिएको उजुरीमा लेखिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकारी छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’