करेन्ट लागेर प्राधिकरणका कर्मचारीको ज्यान गयो

गोरखा, ६ असार । गोरखामा विजुली जाँच गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ।

सिरानचोक गाउँपालिका-५ जरेवरमा विद्युत् जाँच गर्ने क्रममा करेन्ट लागेर  गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक ३२ वर्षीय रामकुमार लिम्बूको मृत्यु भएको हो ।

हुकिङ लाइन छुटाउने क्रममा करेन्ट लागेर लिम्बू घाइते बनेपछि उपचारका लागि गोरखा अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जनाइएको छ।

ताप्लेजुङ स्थायी घर भएका उनी विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा ज्यालादारी प्राविधिकको रुपमा कार्यरत थिए ।

उनको शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय