हाम्रो देश श्रीलंकाको बाटोमा छैन, तर अर्थतन्त्रमा समस्या छ – परिसंघ अध्यक्ष अग्रवाल

सरकारले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । तर पछिल्लो समय मुलुकको अर्थतन्त्र शंकटोन्मुख बन्दै गएको छ । वास्तवमा नेपालको अर्थतन्त्र शंकटोन्मुख मात्रै हो वा शंकटग्रस्त बनिसक्यो ? यस बारेमा अर्थविदहरुले विभिन्न तर्क गरिरहेका छन । समस्यामा रहेको अर्थतन्त्र सुधार वा समाधानका उपायहरु नखोज्ने हो भने नेपालको अर्थतन्त्र धरापमा पर्ने अर्थविदहरुले बताइसकेका छन । आगामी आर्थिक २०७९÷०८० को बजेटमा सरकारले के कस्ता नीति तथा कार्यक्रमहरु ल्याउँदा उपयुक्त हुन्छ ? यस बारेमा न्युज एजेन्सी नेपालले नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसँग कुराकानी गरेको छ । कुराकानीका क्रममा अध्यक्ष अग्रवालले आगामी बजेटको नीति तथा कार्यक्रममा सरकारले औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । नेपालको नारायणगढ, हेटौँडा लगायतका औद्योगिक क्षेत्र आगामी एक वर्षभित्र सञ्चालनमा ल्याइसक्नु पर्ने बताउनु भयो । यसै सन्दर्भमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले अध्यक्ष अग्रवालसँग सरकारको बजेटमा आगामी एक वर्षको लागि गर्नुपर्ने कुराहरु, नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने विषय, नीजि क्षेत्रको माग र सुझावप्रति सरकारले राखेको धारणाका बारेमा कुराकानी गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय