ईन्धनको भाउ बढ्यो: पेट्रोल लिटरमा २१ रुपैयाँ बढेर १९९ र डिजेल २७ रुपैयाँ बढेर १९२ रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको छ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी उक्त दरले बढेसँगै सर्वसाधारण जनताले अब पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ तिर्नुपर्ने भएको हो। यस्तै डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा २७ रुपैयाँ बढाएर प्रतिलिटर १ सय ९२ रुपैयाँ पुर्याइएको छ ।

हवाई ईन्धनआन्तरिक तर्फ १९ रुपैयाँ र बाह्य तर्फ अमेरिकी डलर सय बढेको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको छ ।सरकारले यसपटक पनि जनता सुतेका बेला आधा रातमा जनताको ढाड सेक्ने गरी भाउ बढाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...